भदौ ११, दाङ ।
दाङमा लगातार तीन दिन सम्म बर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दाङ तथा आसापासका क्षेत्रमा तीन दिन लगातार वर्षा हुने अनुमान गरिएको छ ।
तीन दिन सम्म लगातार बर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले सबैमा अनुरोध गरेको छ । पहिरो तथा बाढीको उच्च जोखिम रहेको भन्दै पहिरो आउन सक्ने सम्भावित क्षेत्र तथा नदी तटीय क्षेत्रका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
साथै नदी तटीय क्षेत्रमा नजान पनि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सबैमा अनुरोध गरेका छन् ।