वर्षाले देउखुरीका विभिन्न क्षेत्र डुबानमा उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन – Kanika Khabar
Sunday, March 3Nepali News Portal

वर्षाले देउखुरीका विभिन्न क्षेत्र डुबानमा उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन

    मा प्रकाशित

शिवु खनाल

दाङ, ११ भदौ /

लगातार परेको अविरल वर्षाका कारण देउखुरीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । राप्ती नदीको तटीय क्षेत्रमा रहेका बस्तीहरु लगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो । वर्षाका कारण देउखुरीका विभिन्न क्षेत्र डुबान भएतापनि अहिलेसम्म मानवीय क्षति भएको छैन ।

No description available.

निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । यसैगरी गए रातिदेखि परेको अविरल वर्षाले देउखुरीका आसपासको क्षेत्र जलमग्न भएको छ ।

 

निरन्तर परिरहेको वर्षाले लमही, राजपुर, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानमा पानी जमेर जलमग्न भएको हो । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । निरन्तरको वर्षाले रोल्पा र प्युठाउन जिल्ला जलमग्न भएको छ । त्यहाँको पानी दाङको राप्ती नदीमा आइपुग्न करिब आठ घण्टा लाग्छ, दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भन्नुभयो,— ‘राप्ती नदीको पानीको सतह तीन मिटर पुगेको छ ।

No description available.

 

 

देउखुरीमा साढे पाँच मिटर सतह पुग्नेबित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्