पश्चिम दाङका एक व्यक्तिको बबई नदीमा बगेर मृत्यु – Kanika Khabar
Tuesday, May 26Nepali News Portal

पश्चिम दाङका एक व्यक्तिको बबई नदीमा बगेर मृत्यु

    मा प्रकाशित

भदौ ११, दाङ ।
पश्चिम दाङका एक व्यक्तिको बबई नदीमा बगेर मृत्यु भएको छ । दंगीशरण गाउँपालिका वडा नम्वर १ बाँकीका ५० बर्षिय बामदेव देवकोटाको बबई नदीमा बगेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

शुक्रवार विहान छिमेकी एक जनाको मलामी गएका देवकोटा बबई नदी छेउमा नुहाउन लाग्दा बगेर बेपत्ता हुनु भएको थियो । उहाको बबई नदी बैवाङमा शव फेला परेको उहाले जानकारी दिनुभयो । एक जना बित्नु भएको रहिछ डिएसपी अर्यालले भन्नुभयो,उहाको दाहसंस्कार गर्नका लागी देवकोटा पनि मलामी जानु भएको रहिछ त्यहि बेला बबई नदीमा नुहाउदा नदीले बगाएछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्