७०लाख आप्रवासी कामदारलाई तालिम दिदै चीन – Kanika Khabar
Sunday, September 13Nepali News Portal

७०लाख आप्रवासी कामदारलाई तालिम दिदै चीन

    मा प्रकाशित

कनिका डेस्क

जेठ २६, दाङ

चीनले रोजगारीमा स्थिरता ल्याउने र गरिबी निवारण गर्ने प्रयासको रूपमा २०२० र २०२१मा प्रत्येक वर्ष कम्तिमा ७० लाख प्रवासी कामदारहरुलाई व्यावसायिक प्रशिक्षण कार्यक्रममा राख्ने योजना बनाएको छ। मानव संसाधन र सामाजिक सुरक्षा मन्त्रालयले हालसालै जारी गरेको योजना अनुसार त्यस्ता तालिम कार्यक्रमहरूले जागिर भएका वा नभएका ग्रामीण आप्रवासी कामदार, शहरमा नयाँ आएका वा आफ्नो गृहशहर फर्केकाहरुको साथै गाउँमा रहेका गरीब मजदुर लगायतका प्रवासी कामदारहरूलाई लक्षित गर्नेछन्।

उक्त योजना अनुसार मजदुरहरुको निर्यात् गर्ने ग्रामीण क्षेत्रले उनीहरुको गृहनगर फर्कनेहरुका लागि प्रशिक्षणको नेतृत्व लिनुपर्नेछ साथै उनीहरुलाई जागिर खोज्न वा स्थानीय रुपमा आफ्नो व्यवसाय सुरु गर्न मद्दत गर्ने योजना वनाउनु पर्नेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्