कोभिड १९का कारण भारतमा मृत्यु भएका दाङका एक पुरुषको शव दाङमा व्यवस्थापन – Kanika Khabar
Friday, June 9Nepali News Portal

कोभिड १९का कारण भारतमा मृत्यु भएका दाङका एक पुरुषको शव दाङमा व्यवस्थापन

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २६, दाङ ।
कोभिड १९ का कारण भारतको दिल्लीमा मृत्यु भएका दाङका एक व्यक्तिको आज शव व्यवस्थापन गरिएको छ । भारतमा मृत्यु भएर दाङको घोराहीमा कोरोना संक्रमण पुष्टि भएका उनको शवलाई घोराही उपमहानगरपालिका–३ कुइरेपानीको जंगलमा व्यवस्थापन गरिएको छ ।

जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समितिको निर्णय अनुसार ती कोरोना संक्रमित व्यक्तिलाई दाहा सस्कार गर्नका लागि दाङमा विद्युतीय शव दाहा गृह नभएपछि उनको शवलाई जंगलमा व्यवस्थापन गरिएको हो ।

कोरोना संक्रमित व्यक्तिको शवलाई व्यवस्थापन गर्न बनेको कार्यविधि अनुसार शवलाई घोराहीमा रहेको रिपुमर्दन गणको तालिम प्राप्त टोलीले आइतवार राति १२ बजेतिर खाडल खनेर गाडेको श्रोतले जानकारी दिएको छ । उनको शव व्यवस्थापन गर्नका लागि स्काभेटरले खाडल खनेको थियो ।

रोजगारीको सिलसिलामा भारतको दिल्ली गएको समयमा घोराही उपमहानगरपालिका–१८ अम्वापुर निवासी करिव ४० वर्षीय व्यक्तिमा कोरोनाको संक्रमणका कारण चार दिन पहिले मृत्यु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्