जागिरले लग्यो ज्यान – Kanika Khabar
Friday, May 16Nepali News Portal

जागिरले लग्यो ज्यान

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २६, अछाम
अछामको बयलपाटा अस्पतालबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर सख्त घाईते भएका साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको छ ।
बयलपाटा अस्पतालमा सरसफाईमा कार्यरत आउजीको उपचारका क्रममा आज सोमबार कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए । दुई बर्ष देखि बयलपाटा अस्पतालको सरसफाई कार्यमा कार्यरत आउजीले जागिरबाट निकालिएपछि विहान बेलुकाको छाक टार्न समेत धौधौ भएको भन्दै पेट्रोल छर्केका थिए ।
अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । दुई महिना अगाडि नै अस्पतालले हटाएको चिठी दिएपछि सिद्धार्थ तनावमा रहेको बुझिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्