कोरोना नियन्त्रणमा सरकार असफल : देशभरबाट सरकारलाई ज्ञापनपत्र बुझाइने – Kanika Khabar
Sunday, May 31Nepali News Portal

कोरोना नियन्त्रणमा सरकार असफल : देशभरबाट सरकारलाई ज्ञापनपत्र बुझाइने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २६, काठमाडौं ।

कोरोनाको रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निकालेको छ ।

सरकारले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको छ । कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको निष्कर्षमा कांग्रेस पुगेको बैठकपछि केन्द्रीय सदस्य रमेश लेखकले बताए ।

आइसोलेसन सेन्टर र प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउनेहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु, पर्याप्त स्वास्थ्य सामाग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति भएका सामाग्रीमा भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टिन नहुनु, परीक्षण किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको कांग्रेसले बताएको छ ।

त्यसैगरी बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ । सोही अनुसार केन्द्रदेखि सबै जिल्ला कार्यासमितिले पनि सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

कांग्रेसले कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गर्नुका साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र सञ्चारकर्मी लगायत कोभिड–१९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन समेत ध्यानाकर्षण गराएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्