आज पनि मन्त्रीहरूले बजेट बारेका प्रश्नमा जवाफ दिने – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

आज पनि मन्त्रीहरूले बजेट बारेका प्रश्नमा जवाफ दिने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २७, काठमांडौ ।

आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ल्याइएको बजेटका बारेमा उठेका प्रश्नहरूको आज पनि बिभिन्न मन्त्रीहरूले जवाफ दिने भएका छन् । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई, शिक्षा, विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह, रक्षा, अर्थ, सञ्चार तथा सूचना प्रविधिलगायत मन्त्रालयका लागि विनियोजित बजेटका बारेमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले आज जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि आजका लागि छ ।

अर्थ मन्त्री डा युवराज खतिवडाले “विनियोजन विधेयक, २०७७ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेको सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्