थप २४ जना कोरोना सङ्क्रमित गण्डकी प्रदेशमा थपिए – Kanika Khabar
Friday, February 14Nepali News Portal

थप २४ जना कोरोना सङ्क्रमित गण्डकी प्रदेशमा थपिए

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २७, कास्कि
गण्डकी प्रदेशमा आज बिहान थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले बिहान एक प्रेश विज्ञप्ती प्रकाशित गरि कोरोना सङ्क्रमित थपिएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार नवलपरासीमा १२, बागलुङमा ११ र म्याग्दीमा १ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशक तथा प्रवक्ता डा. बिनोद बिन्दु शर्माका अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरूलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका स्थायी ठेगाना भइ सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २१, २६ र २७ का ३ जना पुरुष र बागलुङकै बरेङ गाउँपालिका स्थायी ठेगाना भइ सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना सङ्क्रमण को पुष्टि भएको छ । सङ्क्रमित लाई जिल्लाकै सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । म्याग्दी जिल्ला, बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४६ का १ जना पुरुषमा पनि कोरोना सङ्क्रमण को पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित को संख्या १४४ पुगेको निर्देशनालयले जनाएको छ । कोरोनाका कारण हिजो मात्रै स्याङजाको वालिङ नगरपालिका ३ का एक पुरुषको मृत्यु भएको थियो । उनको शव व्यवस्थापन भइसकेको जनाईएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्