मा प्रकाशित
कनिका संवाददाता
जेठ २७, काठमाडौँ ।
कोभिड १९ को महामारी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई अपील गर्दै प्रधामन्त्री निवास बालुवाटारमा सामाजिक अभियन्ताहरुले प्रदर्शन गरेका छन् । सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले पानीको फोहरा हानेको छ ।
मंगलबार विहान सडकमा प्रदर्शनमा उत्रिएका सामाजिक अभियन्ता, व्यवसायीलगायतले आरडीटी परीक्षण रोकेर पिसिआर परीक्षण गर्न माग गरेका थिए ।