लकडाउन मोडालिटी नै ‘लक’, सर्वसाधारणलाई सास्ती – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

लकडाउन मोडालिटी नै ‘लक’, सर्वसाधारणलाई सास्ती

    मा प्रकाशित

कनिका डेस्क
जेठ २७, दाङ ।

सरकारले जेठ २० गते सकिएको बन्दाबन्दीलाई विस्तार गरेर जेठ ३२ गतेसम्म लम्बाए पनि अझै मोडालिटी तय गर्न सकेको छैन । परिणामतः सर्वसाधारण मात्र होइन लकडाउन पालना गराउने निकाय पनि अलमलमा परेका छन् । लकडाउन मोडालिटी नै ‘लक’ भएपछि यस्तो समस्याले बाक्लो रुप लिदै गएको छ ।
पछिल्लो पटक लकडाउनको विस्तार गरिरहँदा मोडालिटी परिवर्तन हुने बताए पनि अहिलेसम्म मोडालिटीको खाका सार्वजानिक हुन सकेको छैन । यद्यपि प्रस्तावित खाका सार्वजनिक भएका छन् तर सरकारले ती प्रस्तावित खाकालाई अनुमोदन गरिसकेको अवस्था पनि छैन ।
लकडाउनको मोडालिटी तय गर्नका लागि लकडाउन ३२ जेठसम्म तोकिए पनि त्यसभन्दा अगाडि नै मोडालिटी परिवर्तन गर्ने सरकारको तयारी थियो । कतिपय स्थानमा लकडाउन लम्बिदै गएपछि व्यापारीहरुले पसलहरु भने खुला गर्न थालेका छन् । साना उद्योगी–व्यापारीहरुको छाता संस्था नेपाल राष्ट्रिय व्यावसायी महासंघले २१ जेठमा निर्णय गराएर २२ जेठदेखि पसल खुला गराउन शुरु गरेका थिए । निजी विद्यालयहरु पनि असार १ गतेदेखि सञ्चालन हुन पाउने माग राख्दै आएका छन् ।
लकडाउनको मोडालिटीका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग पनि परामर्श गरिसकेका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले बन्दाबन्दीको मोडालिटीको बारेमा छलफल गरेको थियो । समितिले १० चरणको स्वरुपलाई अघि बढाएर बन्दाबन्दीलाई खुकुलो बनाउन छलफल गरेको थियो ।
त्यसैगरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले तयार पारेको तीन फरक स्वरुपलाई पन्छाउँदै नयाँ स्वरुप अघि बढाएको थियो ।
उच्च स्तरीय समिति र सिसिएमसीको मोडालिटीले मेल नखाएपछि अहिलेसम्म लकडाउन मोडालिटी तयार हुन सकेको छैन ।
लक डाउनको मोडालिटी तयार नभएपछि सर्व साधारण मानिसहरुले सास्ती झेल्नु परेको छ । एकातिर व्यापारीहरुले खुलेको पसल बन्द गराउँदै प्रहरी प्रशासन हिँड्न परेको छ । आज मङ्गलबार काठमाडौका केही स्थानमा प्रहरीहरु पसल बन्द गराउँदै हिँडे । देशका अन्य स्थानमा पनि पसल खुलेपछि सामान लिनका लागि बजार पुगेका सर्वसाधारण प्रहरीको होल्डमा पर्दै आएका छन् । लकडाण्नको मोाडालिटीमा स्पष्ट नीति नआउँदासम्म यस्तो समस्या रहिरने देखिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्