थप २० जनामा कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुग्यो – Kanika Khabar
Friday, April 19Nepali News Portal

थप २० जनामा कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुग्यो

    मा प्रकाशित

कनिका डेस्क
जेठ २७, दाङ ।
थप २० जनामा कर्णालीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशाला, र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेतका ५ जना, सल्यानका १३ जना र जुम्लामा २ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरेकाछन ।

जुम्लाको हिमा गाउँपालिका वडा नं. ४ की एक महिला र तिला गाउँपालिका वडा नं. २ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३, ४, ५ र ८ का १२ जना पुरुष, कपुरकोट गाउँपालिका वडा नं. ६ का एकजना पुरुष, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ की एक महिला र दुईजना पुरुष, गुर्भाकोट नगरापलिका वडा नं. १४ की एक महिला र सिम्ता गाउँपालिका वडा नं. ६ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
योसँगै कर्णालीमा मंगलबारसम्म संक्रमितको संख्या ६७१ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्