जाजरकोटका ६ युवाको मृत्यु कुटपिटबाट भएको इन्सेकको ठहर – Kanika Khabar
Thursday, February 13Nepali News Portal

जाजरकोटका ६ युवाको मृत्यु कुटपिटबाट भएको इन्सेकको ठहर

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २७, दाङ .
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जाजरकोटका नवराज बिक सहितका ६ युवाको मृत्यु स्थानीयको कुटपिटबाट भएको ठहर गरेको छ ।
रुकुम पश्चिमको चौरजहारी, सोतीमा जेठ १० गते भएको घट्नाबारे इन्सेकको प्रारम्भिक प्रतिवेदनले घटना नियोजित भएको उल्लेख गरेको छ । स्थलगत प्रारम्भिक अनुगमन प्रतिवेदनमा स्थानीयको कुटपिटबाट युवाहरूको मृत्यु भएको र शव भेरी नदीमा फेला परेको उल्लेख छ । स्थानीयलाई हवाला दिँदै इन्सेकले गाउँबाट केही तल झरेपछि स्थानीयहरूले हँसिया, कुटो र दाउरा बोकेर लखटेको र भेरी नदीको किनारमा पु¥याई ती हतियार प्रयोग गरी आक्रमण गरेको उल्लेख गरेको छ । इन्सेकले ‘घटनामा संलग्न सबै आरोपीहरूलाई गिरफ्तार गरी विद्यमान कानुनी प्रक्रियाअनुसार गहन अनुसन्धान गरी फौजदारी अपराधअन्र्तगत सजाय गर्नुपर्ने सुझाव दिएको छ । घटनाका पीडित परिवारको सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि राज्यको उपस्थिति र प्रभावकारी कार्यक्रम आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्