भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना देखिएन – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना देखिएन

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २७, भक्तपुर
आइतबार भक्तपुर अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको कोरोना रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको आएको छ । उनमा कोरोना संक्रमणको आशंका गर्दै स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा आज रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

सिन्धुपाल्चोक लिसङखुपाखर गाउँपालिका स्थायी घर भइ हाल चाँगुनारायण नगरपालिका– २, पुरानो झौखेल बस्ने ती महिलाको बच्चा जन्माएको केही समयमै आइतबार राति मृत्यु भएको थियो । उनी अस्पताल आउँदा रुघाखोकीको लक्षण देखिएको र श्वासप्रश्वास पनि समस्या देखिएको अस्पतालले जानकारी दिएको छ । मृतक महिलाले काठमाडौं मेडिकल कलेज सिनामंगलमा नियमित स्वास्थ्य जाँच गर्दै आएकी थिइन् । प्रयोगशालमा उनको तीन पटकसम्म पीसीआर परीक्षण भएकोमा तीनै पटक नतिजा नेगेटिभ नै देखाएको अस्पताल स्रोतले जनाएको छ । रिपोर्ट नेगेटिभ आएसँगै शव आफन्तलाई जिम्मा लगाइने तयारि गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्