सन्धिखर्क नगरपालिकाकासम्पूर्ण सेवा बन्द – Kanika Khabar
Thursday, May 15Nepali News Portal

सन्धिखर्क नगरपालिकाकासम्पूर्ण सेवा बन्द

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २७, अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उप–प्रमुखमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । अर्घाखाँचीमा हिजो मात्रै नगर उप–प्रमुखसहित ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।
आज नगरपालिकामा कायर्रत सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरी परीक्षणको लागि पठाइंदैछ । परीक्षण रिपोर्ट नआउँदासम्म पछिलो १० दिनसम्म कार्यालय आएका कर्मचारीलाई होम क्वारअन्टिनमा बस्न अनुरोध गरिएको छ । हिजो संक्रमण पुष्टि भएका सबैैलाई हटारी नेटामा रहेको आइसोलेसनमा राखिएको नगर प्रमुख कमल भुसालले जानकारी दिए । अर्घाखाँचीमा कोरोना संंक्रमितको संख्या ३६ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्