भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमितको नारायणिको किनारमा अन्त्येष्टि – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमितको नारायणिको किनारमा अन्त्येष्टि

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २७, भरतपुर ।
भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमितको मंगलबार अन्त्येष्टि गरिएको छ ।
संक्रमितको भरतपुर महानगरपालिका– ११ का ती देवघाट जाने सडकको बाँयातर्फ नारायणी नदी किनारको खयरघारीमा अन्त्येष्टि गरिएको हो ।

परिवारको सल्लाह अनुसार शवलाई खाल्डो गाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।‘ पहिला जलाउने भनिएता पनि परिवारसंगको सल्लाह सल्लाहमा खाडल खनेर अन्त्यष्टि गरेका छौं ।

नेपाली सेनाको टोलीले भरतपुर अस्पतालको आईसीयूबाट उनको शव उठाएको थियो । शवको अन्त्येष्टिमा उनका ज्वाई सहभागी भएको जनाइएको छ । मृतक वृद्ध भोजाडमा छोरीज्वाईको घरमा बस्दै आएका थिए । उनका छोरा विदेशमा छन् ।

उनी नेपालका चौधौ र चितवनको पहिलो कोरोना संक्रमित मृतक बनेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्