संविधान संशोधनमा सबैदलहरुको समर्थन – Kanika Khabar
Friday, April 26Nepali News Portal

संविधान संशोधनमा सबैदलहरुको समर्थन

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २७, काठमाडौं ।
कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेकी छन। सांसदहरूले छलफलमा भाग लिँदै संविधान संशोधनसँगै अब भूमि फिर्तामा समेत सरकारलाई साथ रहने बताए ।

लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले सरकारलाई धन्यवाद दिएका छन् । संविधान संशोधनमा अहिलेसम्म संविधान संशोधन विधेयकबारे मौन रहेको संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले समेत समर्थन जनाएको छ ।

गत वैशाखमा कांग्रेसका गगन थापा र नेकपाका विद्या भट्टराईलगायतका सांसदले पनि सोही आशयको संकल्प प्रस्ताव पेश गरेका छन् । ती संकल्प प्रस्तावहरूलाई एकै ठाउँमा राखेर छलफल गराउन सकिने मंगलबारको बैठकमा खगराज अधिकारी र गगन थापाले बताए ।

निशान छाप परिवर्तनसम्बन्धी विधेयकमा नेकपाको तर्फबाट कृष्णभक्त पोखरेल, कांग्रेसका बालकृष्ण खाँड,जसपाका राजेन्द्र श्रेष्ठले समर्थन जनाएका थिए । बैठकमा बोल्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले नक्सा प्रकाशन र संविधान संशोधनमा कुनै एक व्यक्तिको देवत्वकरण हुन नहुने बताए ।

नेकपाका खगराज अधिकारी, शान्ता चौधरी, तुलसी थापा, गंगा चौधरीलगायतले नक्सा प्रकाशन र संविधान संशोधन गरेर सरकारले राष्ट्रियताको पक्षमा पहिलो पटक ऐतिहासिक काम गरेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरेका थिए । अधिकारीले केपी ओलीले २०५५ सालमै कालापानीबाट भारतीय फौज हटाउन स्थगन प्रस्ताव संसदमा लगेको समेत स्मरण गरे ।

छलफलमा भाग लिदै जनमोर्चाकी दूर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विधेयक ल्याएकोमा सरकारलाई धन्यवाद दिँदै भूमि फिर्ताको लागि अग्रसर हुन प्रधानमन्त्रीलाई आग्रह गरे।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्