कोरोनाले अस्थाइरुपमा परिवर्तन गरेको क्रिकेटको नियम – Kanika Khabar
Friday, May 23Nepali News Portal

कोरोनाले अस्थाइरुपमा परिवर्तन गरेको क्रिकेटको नियम

    मा प्रकाशित

कनिका डेस्क
जेठ २७, दाङ
कोरोना भाइरसको असरलाई मध्यनजर गर्दै क्रिकेट खेलको केही नियममा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले अस्थायी परिवर्तन गरेको छ ।

आईसीसीले अनिल कुम्बलेको नेतृत्वमा रहेको आईसीसी क्रिकेट कमिटीले नियमको अस्थायी परिवर्तन सम्बन्धी गरेको प्रस्तावलाई मंगलबार स्वीकृत गरिएको जनाएको छ ।

कोरोनाको कारण उत्पन्न जोखिम कम गर्न अनि खेलाडी र म्याच अफिसिलयहरुको सुरक्षालाई कायम राख्न नयाँ नियम प्रस्ताव गरिएको थियो । जसमा बल टल्काउन थुक प्रयोग गर्न नपाइनेदेखि लोकल अम्पयार राख्नेसम्म प्रस्ताव थियो ।

आईसीसीले यी प्रस्तावसँगै अब खेलका क्रममा कुनै खेलाडीलाई कोरोनाको लक्षण देखिए खेलाडी परिवर्तन गर्नसमेत पाइने जनाएको छ ।

कोरोना रिप्लेसमेन्ट अन्तर्गत खेलाडीमा लक्षण देखिए टिमले खेलाडी परिवर्तन गर्न पाउनेछन् तर यो टेष्ट क्रिकेटमा मात्र लागू हुनेछ ।

यस्तै खेलाडीले क्रिकेट बल टल्काउन थुक लगाउन नपाउने भएका छन् । त्यस्तो गरेमा अम्पाएरले त्यो परिस्थितिलाई मिलाउनुपर्नेछ । एक टिमलाई त्यस्तो गरेको पाइएमा दुई पटक चेतावनी दिइनेछ ।

यसैगरी अन्तर्राष्ट्रिय क्रिकेटको सबै फर्म्याटमा न्युट्रल अम्पायर राख्नैपर्ने बाध्यतालाई हटाइएको छ । आईसीसीले इलाइट प्यानल र इन्टरनेशनल प्यानल म्याच अफिसियलबाट लोकल म्याच अफिसियल छान्न पाउनेछ ।

यस्तै टिमले हरेक इनिङ्समा थप डीआरएस रिभ्यू लिन पाउनेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्