हुवावे स्मार्ट वाच बजारमा दोश्रो नम्बरमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

हुवावे स्मार्ट वाच बजारमा दोश्रो नम्बरमा

    मा प्रकाशित

कनिका डेस्क
जेठ २७, दाङ
चिनियाँ प्रविधि कम्पनी हुवावे विश्व स्मार्टफोन बजारमा सामसुङ पछाडि दोश्रो स्थानमा छ । तर स्मार्ट वाचको बजारमा चाहिँ हुवावेले सामसुङलाई पछि पार्न सफल भएको छ ।

सन् २०२० को सुरुआतसँगै हुवावेको वेयरेबल बजारको हिस्सा तीव्र गतिमा बढिरहेको छ । हालै इन्टरनेसनल डाटा कर्पोरेसनले जारी गरेको वेयरेबल डिभाइस ट्रयाकर रिपोर्ट अनुसार हुवावेले स्मार्टवाच तथा वायरलेस एयरफोनलगायतका वेयरेबल्सको बजारमा सामसुङलाई पछि पारेको हो ।
वेयरेबल्सको बजारमा पहिलो स्थानमा भने एप्पल कायमै रहेको छ । दोश्रो स्थानमा हुवावे उक्लिएसँगै सामसुङ तेश्रो स्थानमा झरेको छ ।

आईडीसीको रिपोर्ट अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा ७ करोड २६ लाख गोटा वेयरेबल डिभाइस बिक्री भएका छन् । यो गत वर्षको सोही अवधिको भन्दा २९।७ प्रतिशतले बढी हो । जबकि हुवावेले गत वर्षको पहिलो त्रैमासिकमा भन्दा यो वर्षको त्रैमासिकमा ६२।२० प्रतिशत प्रतिशत बढि वेयरेबल्स बेच्न सफल भएको छ ।

स्मार्टवाच मात्रैको कुरा गर्ने हो भने सन् २०२० को पहिलो ३ महिनामा विश्वमा एक करोड ६९ लाख गोटा स्मार्टवाच बिक्री भएका छन् । यद्यपि यो संख्या गत वर्षको भन्दा ७।१ प्रतिशतले कम हो । यस अवधिमा हुवावेले २६ लाख गोटा स्मार्टवाच बेचेको छ ।

गतवर्षको सोही त्रैमासिकमा भन्दा हुवावेले एक सय १८।५ प्रतिशत बढी स्मार्टवाच बेचेको हो । योसँगै सन् २०२० को पहिलो त्रैमासिकमा गत वर्षको भन्दा शत प्रतिशत धेरै स्मार्टवाच बेच्ने एकमात्र कम्पनी बनेको छ हुवावे ।

(एजेन्सी)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्