आज मन्त्री परिषद्को बैठक बस्दै , लकडाउनको मोडालिटीबारे छलफल हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

आज मन्त्री परिषद्को बैठक बस्दै , लकडाउनको मोडालिटीबारे छलफल हुने

    मा प्रकाशित

कनिका डेस्क
जेठ २८, दाङ ।
अलमलमा परेको लकडाउन मोडालिटी तयार पार्नका लागि आज मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । आज दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यस अघि कोभिड १९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो । त्यसैगरी उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।
उप प्रधान तथा रक्षामन्त्री पोखरेलले भने सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ देखि नै लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका थिए । तर,यस विषयमा सहमति जुट्न सकेको थिएन ।
सिसिएमसी र उच्च स्तरीय समितिको मोडालिडीलाई मर्ज गरेर ५ चरणमा लकडाउन खुकुलो बनाउने गरी प्रस्ताव रक्षा मन्त्रालयले लैजाने तयारी गरेको छ ।

र, यो पनि पढ्नुहोस्

लकडाउन मोडालिटी नै ‘लक’, सर्वसाधारणलाई सास्ती

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्