थप दुइ सय ७९ सहित नेपालमा कोरोना संक्रमित ४३६४ पुग्यो – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

थप दुइ सय ७९ सहित नेपालमा कोरोना संक्रमित ४३६४ पुग्यो

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २८, दाङ
पछिल्लो २४ घन्टामा थप दुइ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले आज आयोजना गरेको नियमित जानकारीमाका क्रममा आज संक्रमित हुनेमा दुइ सय ५७ पुरुष र २२ जना महिला रहेका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराउनुभयो । प्रवक्ता गौतमका अनुसार संक्रमित हुनेमा सबैभन्दा बढी रौटहटका ५३ जना त्यसपछि क्रमस कपिलवस्तुका ४८ जना रहेका छन् ।
आजै सर्लाही र दैलेखका २५–२५ जना, धादिङका १६ जना, पाल्पा कैलालीका १२–१२ जना, धनुषाका ११ जना सुर्खेतका नौ जना, मोरङका आठ जना, रुपन्देहीका सात जना, सप्तरी र प्युठानका ६–६ जना, झापा र नवलपरासी पश्चिमका पाँच–पाँच जना,, गोरखाका चार जना, बाँके, जाजरकोट र उदयपुरका तीन–तीन जना सर्लाही, चितवन, कञ्चनपुर र सिन्धुपाल्चोकका दुइ–दुइ जनामा संक्रमण देखिएको छ ।

आज उदयपुर, नवलपरासी पूर्व, बर्दिया, दार्चुला, डडेल्धुरा, सिरहा, नुवाकोटका एक–एक जनामा पनि संक्रमण देखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्