बजेट कोराना समाप्त पार्ने कुरामा नै केन्द्रित भएको छ : प्रधानमन्त्री – Kanika Khabar
Friday, March 29Nepali News Portal

बजेट कोराना समाप्त पार्ने कुरामा नै केन्द्रित भएको छ : प्रधानमन्त्री

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २८, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको बजेट मूलतः कोराना समाप्त पार्ने कुरामा नै केन्द्रित भएको दावी गर्नुभएको छ । बजेटमाथि सांसदले सोधेका प्रश्नको आज जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस पटकको बजेट स्वास्थ्य क्षेत्रमा नै केन्द्रित भएको बताउनुभएको हो ।
उहाँले जनजीवन समान्य बनाउन समाजका अरु पक्षलाई चट्ट बिर्सन नसिकने बताउनुभयो । बजेट कोरोना भाइरस संक्रमण केन्द्रित हुन नसकेको भन्दै सांसदले प्रश्न उठाएका थिए । ओलीले विश्व बैंकको तथ्याक हेर्दा कोरोना संक्रमण साउन अन्त्यमा उच्च हुँदै जाने र कार्तिकमा समाप्त हुनसक्ने सम्भावना रहेको बताउनुभयो ।
तर, यस बीचमा आउने दशैं, तिहारजस्ता चाँडवाडका कारण केही समय फैलन सक्ने पनि बताउनुभयो । सरकारले सुरुदेखि नै चुस्त तयारी गरेकाले संक्रमण नफैलिएको उहाँको दावी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्