अव २ घण्टा मै ५००० पीसीआर टेस्ट हुने । – Kanika Khabar
Saturday, April 18Nepali News Portal

अव २ घण्टा मै ५००० पीसीआर टेस्ट हुने ।

    मा प्रकाशित

कनिका डेस्क
जेठ २८, दाङ

जापानको टकारा बायो इंकको संयुक्त राज्य युनिटले अरुसंग मिलेर दुई घण्टाकै अवधिमा एकै पटकमा ५००० पीसीआर (कोरोना भाइरसको पत्ता लगाउने) परिक्षण गर्नसक्ने मेसिनको विकास गरेको जनाएको छ ।

हालको पीसीआर परीक्षण विधिले १०० नमूनाहरुको नतिजा निकाल्नको लागि करिव २ घण्टाको समय लिने गरेको छ । बायोसिन्टाग्मा र उसको साझेदारसंग मिलेर टकारा बायो इंकको संयुक्त राज्य यूनिटले विकसित गरेको नयाँ विधिले परीक्षण प्रक्रियालाई तीव्र गति दिने अपेक्षा गरिएको छ ।

यस महिनाको अन्तसम्म प्रमाणिकरण हुने सक्ने आशा गरिएको यो विधि चाँडै नै संयुक्त राज्य अमेरिकामा प्रयोगमा ल्याइने अपेक्षा गरिएको छ। जापानमा विधि लागू गर्ने योजना नभएको टकारा बायोले जानकारी गराएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्