विश्वमा कोरोनाबाट चार लाख १३ हजारभन्दा बढीको मृत्यु, ७३ लाखभन्दा बढी सङ्क्रमित – Kanika Khabar
Saturday, June 14Nepali News Portal

विश्वमा कोरोनाबाट चार लाख १३ हजारभन्दा बढीको मृत्यु, ७३ लाखभन्दा बढी सङ्क्रमित

    मा प्रकाशित

कनिका डेस्क
जेठ २८, दाङ
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या चार लाख १३ हजार सात सय ६० पुगेको छ । साथै यस संङ्क्रमणबाट विश्वभर ७३ लाख २५ हजार आठ सय ३९ जना सङ्ंक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो दैनिक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

आजसम्म प्राप्त विवरण अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख ६ हजार ९० जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ६ हजार तीन सय ४६ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितमा ५४ हजार २९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ४५ हजार सात सय १५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । प्रकोपका कारण अमेरिकामा एक लाख १४ हजार एक सय ५१ व्यक्तिको मृत्यु भइसकेको छ । दक्षिण अमेरिकामा १२ लाख १९ हजार सात सय २३ जना कोरोना भाइरस संक्रमति रहेका छन् ।

जहाँ ५२ हजार आठ सय ५७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ३३ हजार ६४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । त्यहाँ एक लाख ३८ हजार पाँच सय ७३ जनाको मृत्यु भएको छ । युरोपमा २१ लाख २५ हजार दुइ सय ३० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने एक लाख ८० हजार दुइ सय आठ जनाको मृत्यु भएको छ । एसियामा १४ लाख ३२ हजार तीन सय २७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३६ हजार चार सय १५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दुइ लाख पाँच हजार आठ सय ८९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने पाँच हजार पाँच सय ६८ जनाको मृत्यु भएको छ ।

ओसियानामा आठ हजार आठ सय ८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक सय २४ जनाको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्