लकडाउनले पम्पिङ खानेपानी आयोजनाको काम प्रभावित – Kanika Khabar
Sunday, April 19Nepali News Portal

लकडाउनले पम्पिङ खानेपानी आयोजनाको काम प्रभावित

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २८, खोटाङ 
खोटाङको हलेसीमा निर्माणाधिन अवस्थामा रहेकोे बृहत पम्पिङ खानेपानी आयोजनाको काम प्रभावित भएको छ । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्युनिकरणका लागि राज्यले लागू गरेको बन्दाबन्दीका कारण दूधकोशी नदीको पानी लिफ्टिङको काम प्रभावित बन्न पुगेको हो ।

९६ करोडको लगानीमा बृहत पम्पिङ खानेपानीको काम करिब तीन वर्षअघिदेखि सुचारु भएको कामको जिम्मा दिवा–महादेव खिम्ती जेभीले वि.सं.२०७६ साल पुस १७ गतेसम्ममा काम पुरा गर्ने सम्झौता भएको थियो । दूधकोशीको पानीलाई हलेसी तुवाचुङ नगरपालिकाको भुम्जुडाँडा र काभ्रेडाँडामा निकालेर कम्तिमा तीन हजार सात सय ५६ घरधुरीलाई वितरण गर्ने उद्देश्यले वितरण उक्त आयोजनाको काम थालिएको थियो ।

बन्दाबन्दीले सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्री ल्याउन समस्या भएकाले खानेपानीको काममा ढिलासुस्ती भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राइले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्