स्याङ्जा र बागलुङका सात जना कोरोना भाइरस मुक्तभई डिस्चार्ज – Kanika Khabar
Thursday, April 25Nepali News Portal

स्याङ्जा र बागलुङका सात जना कोरोना भाइरस मुक्तभई डिस्चार्ज

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २८, पर्वत
गण्डकी प्रदेशको बागलुङ र स्याङजाका सात जना कोरोना भाइरसबाट मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । बागलुङका चार जना र स्याङ्जाका तीन जना अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनीहरुको दोस्रो चरणको पीसीआर जाँचमा कोरोना संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बागलुङको धौलागिरी अस्पतालमा रहेका तमानखोला गाउँपालिकाका वर्ष २७ का दुई जना र बडिगाड गाउँपालिकाका १९ र २० वर्षका दुई जना गरि चार जना आज अस्पतालबाट डिस्चार्ज भएका निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्याङजा जिल्ला अस्पतालमा उपचाररत वालिङ नगरपालिकाका वर्ष २१ का एक जना र गल्याङ नगरपालिकाका २७ र ४० वर्षका दुई जना पनि अस्पताल बाट डिस्चार्ज भएका छन् ।

यसअघि बागलुङका दुइ जना, लमजुङका एक जना र नवलपुरका एक जना कोरोना जितेर घर फर्किएका थिए । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या अहिले सम्म एक सय ४७ रहेको छ भने निको हुनेको संख्या ११ पुगेको छ । अहिलेसम्म यस प्रदेशमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्