खानेपानी मर्मत सम्भार पुस्तिका प्रकाशन हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

खानेपानी मर्मत सम्भार पुस्तिका प्रकाशन हुने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २८, दाङ ।
साना शहरी खानेपानी आयोजनाले खानेपानी मर्मत सम्भार पुस्तिका प्रकाशन गर्ने भएको छ । देशभरका साना शहरी खानेपानी आयोजनाहरुमा उत्पन्न हुने विभिन्न खाले प्राविधिक समस्या समाधान गर्ने उद्देश्यसहित खानेपानी आयोजना सञ्चालनका क्रममा हुने अप्ठेरोहरुलाई सहजीकरण गर्नका लागि पुस्तकले गाइड लाइनको भुमिका खेल्ने खानेपानी बिभागका कोर्डिनेटर हरिप्रसाद शर्माले बताए ।

आजको मिटिङका लमही खोनपानी उपभोक्ता तथा सरसफाई सस्था वृहत बिजुवार खानेपानी आयोजना काडभित्ता खानेपानी आयोजना लगायत देशका विभिन्न सानाशहरी खानेपानी आयोजना अन्तर्गतका उपभोक्ता समितिका अध्यक्ष तथा जिम्मेवार व्यक्तिको सहभागिता थियो । सो अवसरमा बोल्ने उपभोक्ता समितिका पदाधिकारीहरुले खानेपानी उपभोक्ता समिति र स्थानीय तथा प्रदेश सरकारबिच समन्वयकारी भुमिका हुनुपर्ने, भुमिगत पानीका स्रोतहरुको मापन गरी पानीको स्रोत संरक्षणको लागि कार्यक्रम सञ्चालन गरिनु पर्ने , मुहानदेखि उपभोक्ताको मुखसम्म शुद्ध र गुणस्तरीय पानी उपलब्ध गराउन समय समयमा पानी परीक्षण कार्य गर्नुका साथै खानेपानीसँगै स्वास्थ्य र सरसफाईका कुराहरुलाई पनि र्ममत सम्भारमा समेटिनु पर्ने सुझाब दिएका थिए । साना शहरी खानेपानी आयोजना अन्तर्गत देशभर ७१ वटा आयोजना चालु अबस्थामा रहेको र करिब दुई दर्जन आयोजनाहरु निर्माणधीन अबस्थामा रहेको विभागले जानकारी गराएको छ । भर्चुअल मिटिङको सहजीकरण साना शहरी खानेपानि आयोजनाका कोर्डिनेटर हरि प्रसाद शर्माले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्