बालबालिकालाई रचनात्मक कार्यमा व्यस्त बनाउनुस् : मनोविद् पौडेल – Kanika Khabar
Friday, April 26Nepali News Portal

बालबालिकालाई रचनात्मक कार्यमा व्यस्त बनाउनुस् : मनोविद् पौडेल

    मा प्रकाशित

कनिका डेस्क
दाङ, २८ जेठ ।
नोविद् विनोद पौडेलले लकडाउनको समयमा बालबालिकालाई रचनात्मक कार्यमा व्यस्त बनाउनुपर्ने बताएका छन् ।
सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूह दाङले आयोजना गरेको भिडियो कन्फ्रेन्समार्फत आयोजना गरिएको अन्तत्र्रिmया कार्यक्रममा उनले यस्तो बताएका हुन् । लकडाउनको समयमा खालि रहँदा बालबालिकाहरुमा नकारात्मक असर पर्ने भएकाले उनीहरुलाई रचनात्मक कार्यमा व्यस्त बनाउनुपर्ने उनको भनाइ रहेको छ ।
उनले लकडाउनको समयमा विद्यालय सञ्चालन नभएको बेला अभिभावकहरुले विशेष ध्यान दिनुपर्ने बताए । बालबालिकाहरुमा पर्ने मनोवैज्ञानिक असरले धेरै असर गर्ने भन्दै सचेत हुनुपर्ने बताए । त्यस अवसरका अभिभावकहरुले मनोविद्सँग आ–आफ्ना जिज्ञासा राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, प्याब्सनका केन्द्रीय सदस्य यादव गिरीले समेत भनाइ राखेका थिए । कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन संस्थाका सदस्य प्रकाश गिरीले गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष किरण थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव यम रेग्मीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्