यसवर्ष एसईईको नियमित परीक्षा नहुने, आन्तरिक मूल्याङ्‍कनबाटै परीक्षा लिने मन्त्रिपरिषदको निर्णय – Kanika Khabar
Friday, April 19Nepali News Portal

यसवर्ष एसईईको नियमित परीक्षा नहुने, आन्तरिक मूल्याङ्‍कनबाटै परीक्षा लिने मन्त्रिपरिषदको निर्णय

    मा प्रकाशित

कनिका डेस्क
जेठ २८, दाङ

यसवर्षको एसईई परीक्षा सरकारले कोरोनाका कारण सिर्जित परिस्थितिका कारण सञ्चालन नगर्ने भएको छ । यसवर्ष कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्नेगरी कानूनमा संशोधन गर्नेसहितको प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीपरिषद्मा लगेको थियो । सो प्रस्ताव स्वीकृत भएको छ । विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउने र त्यसकै आधारमा ग्रेड निर्धारण गरी नतिजा सार्वजनिक हुनेछ ।

कोरोना जोखिमका कारण गत चैत ६ गते नै हुनुपर्ने कक्षा १० को एसइई परीक्षा चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

यसअघि शिक्षासम्बन्धी विभिन्न संघसंगठन र सरोकारवालाले पनि विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार मानेर नतिजा सार्वजनिक गर्न सरकारलाई सुझाउँदै आएको थियो । तर सरकारले निर्णय गर्न ढिलाइ गर्दा परीक्षाको तयारीमा रहेका विद्यार्थीमा तनाव सिर्जना हुँदै आएको छ ।

योसहित मन्त्रिपरिषद्को निर्णयहरु औपचारिक रुपमा बिहीबार मात्रै सार्वजनिक गरिने बताइएको छ ।

र यो पनि ….

यस वर्षको एसईई परीक्षामा आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदमा

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्