कनिका डेस्क
जेठ २९, दाङ ।
अत्याधिक महङ्गो भाडा लिएर जापानको उडान गरेपछि सरकाले यस सम्बन्धमा छानबिन समिति गठन गरेको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले मन्त्रालयका सह–सचिव सुरेश आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिले एक साताभित्र यी समस्या र समाधानका लागि प्रतिवेदन प्रस्तुत गर्ने मन्त्रालयका सहायक प्रवक्ता राजन पौडेलले सीआइएनलाई जानकारी दिनुभयो । अत्याधिक महङ्गो भाडा लिएको गुनासो पर्यटन मन्त्रालयमा आएपछि पर्यटन मन्त्रालयले विमानस्थलमै पुगेर यात्रुसँग कति पैसा तिरेको हो भनेर सोधपुछ समेत गरेको थियो । केही यात्रुले बैंकमा पैसा जम्मा गरेको रकमको स्लिपसमेत मन्त्रालयका प्रतिनिधिलाई दिएका थिए ।
पर्यटन मन्त्रालयका अनुसार ट्राभल एजेन्सीले अधिकांश यात्रुबाट एक हजार दुई सय ५० अमेरिकी डलर अर्थात् एक लाख ५२ हजार पाँच सय रुपैयाँका दरले रकम लिएका थिए । केही यात्रुबाट भने एक हजार तीन सय ५० अमेरिकी डलर अर्थात् एक लाख ६५ हजार रुपैयाँसम्म लिएको पाइएको छ ।
पर्यटन मन्त्रालयले भने अधिकतम १ लाख ५० हजार तोकेको छ ।