अपचको औषधी कोभिड १९को उपचारमा प्रयोग हुनसक्ने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

अपचको औषधी कोभिड १९को उपचारमा प्रयोग हुनसक्ने

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ ।

ग्यास्ट्रिको समस्याको उपचारमा प्रयोग गरिने औषधिलाई कोभिड १९ का विरामीहरुमा प्रयोग गर्दा कोरोना संक्रमणपछि देखिने लक्षणहरु कम गर्नमा प्रभाकारी भएको पाइएको एक नयाँ अनुसन्धानले देखाएको छ ।
अनुसन्धान कर्ता अनुसार, खोकी र श्वास फेर्न गाह्रो भएका कोरोनाका बिरामीहरुलाई फ्यामोटिडिन ९ पेटमा उत्पन्न हुने ग्यास्ट्रि««क एसिडलाई निर्मूल पार्न प्रयोग गरिने० दिइएको थियो यसले उनीहरुलाई राम्रो गरेको थियो ।
यस अनुसन्धानको रिपोर्ट मेडिकल पत्रिका गुटमा प्रकाशित भएको छ र वैज्ञानिकहरुले घरका क्वारअन्टिनहरुमा रहेका विरामीहरुलाई यसले मद्दत पुग्ने विश्वास गरेका छन् ।

उक्त अनुसन्धानका लागि अमेरिकाका कोल्ड स्प्रिंग हार्बर प्रयोगशाला क्यान्सर सेन्टरका वैज्ञानिकहरूले कोभिड १९ संक्रमण लागेका १० जना (छ जना पुरुष र चार महिला) लाई छनौट गरेका थिए ।

कोभिड १९को विभिन्न लक्षरणहरुबाट ग्रस्त उनीहरुलाई ८० एमजीको फ्यामोटिडिन दिनको तीन पटकका दरले दिइएको र औषत उपचारदिन ११ रहेको जनाइएको छ ।

फ्यामोटिडिनले कोरोनाका विरामीहरुलाई मद्दत पुर्‍याए पनि यसलाई प्रयोगमा ल्याउनका लागि अझै धेरै क्लिनिकल प्रयोगहरु गर्न आवश्यक छ ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्