कनिका संवाददाता
जेठ २९, काठमाडौं ।
बिहीबारबसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त प्रस्ताव गरेका थिए ।
विनियोजन विधेयकको सैद्धान्तिक छलफलका क्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले नागरिकको जीवन रक्षा गर्दै आर्थिक क्रियाकलापलाई बढावा दिनु सरकारको दायित्व भएको बताउँदै आर्थिक पुनरुत्थान, कृषि, स्वास्थ्यलगायत क्षेत्रमा बजेटले विशेष प्राथमिकता दिएको जानकारी दिएका थिए ।
सांसद अनिता देवकोटाले बजेटले निम्नभन्दा पनि उच्च वर्गलाई प्रोत्साहन गरेको आरोप लगाउँदै विद्युतीय सवारीमा कर वृद्धिलगायत कार्यक्रमले बजेटको लक्ष्यलाई समेट्न नसकेको बताइन् । यो बजेट जहाँ केन्द्रित हुनुपर्थ्यो, त्यसतर्फ ध्यान पुगेको देखिएन, उनले भनिन्, बजेटले प्राथमिकता निर्धारण गर्न सकेन ।


