निजी आवास पुनर्निर्माण : सरकारले २९ करोड बढी रकम पठायो – Kanika Khabar
Friday, May 3Nepali News Portal

निजी आवास पुनर्निर्माण : सरकारले २९ करोड बढी रकम पठायो

    मा प्रकाशित

कार्तिक २१, दाङ ।
सरकारले मनसुनजन्य विपद् प्रभावित २२ जिल्लाका नागरिकलाई निजी आवास पुनर्निर्माणका लागि २९ करोडभन्दा धेरै रकम पठाएको छ ।

‘मनसुनजन्य विपद् प्रभावित निजी आवास पुननिर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि २०७७’ कार्यान्वयनका लागि सरकारबाट प्राप्त भएको ३० करोड ४५ लाखबाट विपद् व्यवस्थापन प्राधिकरणले पहिलो किस्ता बराबरको उक्त रकम पठाएको हो ।

गृहमन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दी, धनकुटा, भोजपुर, बाजुरा, बागलुङ, दार्चुला, तनहुँ, नुवाकोट, सिन्धुपाल्चोक लगायत जिल्लाका ४ हजार ९ सय ३७ लाभग्राहीलाई अघिल्लो आर्थिक वर्षमा रकम पठाइएको प्राधिकरणका उपसचिव डा डिजन भट्टराईले जानकारी दिनुभयो ।

२२ मध्ये मनसुनजन्य विपद्बाट कालिकोटका ९ सय ४७ घरपरिवार प्रभावित भएको पाइएको छ भने अघिल्लो आर्थिक वर्षमा सबैभन्दा थोरै बझाङमा २२ घरपरिवार प्रभावित भएका छन् । गत असार १ देखि १५ गतेसम्म भएका विपद्जन्य घटनाबाट प्रभावित बिभिन्न ८ जिल्लाका ५ सय ७३ घरपरिवारका लागि २ करोड ८६ लाखभन्दा धेरै रकम प्राधिकरणले पठाएको छ ।

बस्ती स्थानान्तरणका लागि प्राधिकरणले गुल्मीमा २६ घर, धनकुटामा ९७ र लम्जुङमा ७४ घरपरिवारलाई घडेरी अनुदानका लागि २ करोडभन्दा धेरै रकम पठाएको छ । २०७८ सालको मनसुनजन्य विपद्बाट प्रभावित निजी आवास अन्तर्गत कार्यविधिले तोके बमोजिम संघीय सरकारतर्फको लागत सहभागिताका आधारमा अस्थायी आवास निर्माणका लागि अनुदान, प्रवलीकरणका लाभग्राहीलाई प्रवलीकरण अनुदान, पुनर्निर्माणका लाभग्राहीलाई पहिलो, दोस्रो र अन्तिम किस्ता बापतको अनुदान रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाउने योजना प्राधिकरणको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्