८० दिनपछि खुकुलो बन्यो लकडाउन, केके खुल्ने र केके नखुल्ने – Kanika Khabar
Thursday, April 18Nepali News Portal

८० दिनपछि खुकुलो बन्यो लकडाउन, केके खुल्ने र केके नखुल्ने

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ ।
कोभिड १९ को सङ्क्रमणबाट बच्नका लागि चैत्र ११ गतेदेखि गरिएको लकडाउन ८० दिनपछि खुकुलो भएको छ । हिजो बुधबार बसेको मन्त्री परिषद्को बैठकले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा अर्थ र सञ्चारमन्त्री समेत रहेका खतिवडाले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिए । सुचना तथा प्रविधि एवम् अर्थमन्त्री युवराज खतिवडाले दिएको जानकारी अनुसार निजी क्लिनिक समेत सञ्चालन हुनेछन् ।
यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला हुने भए पनि सपिङ मल नखुल्ने निर्णय सरकारले गरेको छ ।
कार्यालय दुई सिफ्टमा

सरकारले बनाएको लकडाउनको मोडालिटीमा कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ने भएका छन् । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थाहरु समेतका कार्यालयहरु २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको सरकारका् हो ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाका अनुसार अब पहिलो सिफ्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ भने अर्को सिफ्ट दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ ।
कुनकुन क्षेत्र अझै खुल्दैनन्
सरकारले आगामी असार १ गतेबाट लकडाउन केही खुकुलो बनाए पनि केही क्षेत्रको लकडाउन भने यथावत रहेको जनाएको छ । जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान र प्रस्तुतीहरु र सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु र क्वारअन्टिनका लागि तोकिएका बाहेकका होटल खोल्न पाइनेछैन ।
यसैगरी यात्रुबहाक सार्वजनिक सवारी साधन र काठमाडौ उपत्यकाको हकमा उपत्यका भित्र र अन्य जिल्लाको हकमा सोही सम्बन्धित जिल्लामा मात्र जोरविजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधनहरु हाल सञ्चालन रहनेछैनन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार सञ्चालन गर्न नपाइने क्रियाकलापहरु यस्ता छन् :

१. शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु)

२. अनुमति प्राप्त बाहेकका अन्तरराष्ट्रिय र आन्तरिक उडानहरु ।

३. तोकिए बाहेकका अन्तरराष्ट्रिय सीमा नाकाबाट हुने आवत–जावत

४. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार ।

५. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।

६. सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जनस्थल

७. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिनियाखाना ।

८. स्पा, सैलुन र ब्यूटीपार्लर

१०. स्विमिङ पुल, जिमखाना लगायतका हेल्थ क्लबहरु

११. सपिङ मलहरु

१२. समूहमा खेलिने खेलमुद र खेल मैदानमा हुने प्रस्तुतीहरु

१३. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु

१४. यात्रुबाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधनसमेत ।

१५. काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बिन्धत जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधन ।

प्याकिङमा रेष्टुरेन्ट सेवा
रेस्टुरेन्टको क्षेत्रमा प्याकिङको माध्यमबाट सेवा लिन सकिने लकडाउनको मोडालिटी रहेको छ ।
रेस्टुरेन्ट खोल्न पाइने भएपनि त्यहाँ ग्राहकले भिडभाड गर्न पाउने छैनन् । ग्राहकले रेस्टुरेन्टसम्म पुगेर सुरक्षित रुपमा प्याकिङको अर्डर सेवा लिन सक्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्