चुनावी रणनीतिका नायक ‘निर्मल’ चुनावी मैदानमा – Kanika Khabar
Friday, May 17Nepali News Portal

चुनावी रणनीतिका नायक ‘निर्मल’ चुनावी मैदानमा

    मा प्रकाशित

No description available.

कार्तिक २८, दाङ ।

अधिवेशनको दिन नजिकिदै गर्दा नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको चटारो बाक्लिदै जान थालेको छ । वडा र नगर अधिवेशन सकिसकेको दाङ काङ्ग्रेस प्रदेश र संघीय अधिवेशनको दौडानमा व्यस्त छ । काङ्ग्रेसको पछिल्लो तालिका अनुसार आगामी मंसिर ३ गते प्रदेश अधिबेशन र ६ गते क्षेत्रीय (संघीय) अधिवेशन रहेको छ ।

May be an image of 3 people, people sitting, people standing and indoor

 

यतिबेला दाङ काङ्ग्रेसको चुनावी दौड दुबै तहका अधिवेशनका लागि चलेको छ । दाङ काङ्ग्रेसका प्रदेश र क्षेत्रीय अधिवेशन भने कडा प्रतिस्पर्धाका बिच हुने आँकलन गरिएको छ । अझ काङ्ग्रेस क्षेत्र नं. २ मा त झनै कडा प्रतिस्पर्धाका देखिएको छ ।

काङ्ग्रेस क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा बलियो उम्मेदवारको रुपमा चित्रबहादुर डाँगी ‘निर्मल’ ले आफूलाई उभ्याएका छन् । विगतका विभिन्न निर्वाचनलाई मध्यनजर गर्ने हो भने डाँगीले  आफूलाई चुनावी रणनीतिका ‘नायक’ का रुपमा स्थापित गरिसकेका छन् । चाहे यस अघिको पार्टीमा महाधिवेशनमा होस् तथा स्थानीय निकाय एवम् विभिन्न संघ संस्थाका निर्वाचनमा डाँगी  ‘मियो’ बनेर ठिङ्ग उभिएको इतिहास ताजै छ । चुनावी रणनीतिमा डाँगी  अब्बल मानिन्छन् । चुनावी रणनीतिका नायक डाँगी अहिले आफै अग्नि परीक्षामा छन् । यो चुनावमा उनको सफलताले उनको नायकत्वको कद झनै अग्लिेने छ ।

May be an image of 9 people, people sitting, people standing and outdoors

साविक त्रिपुरमा पार्टी सुदृढीकरण र त्रिपुरलाई पार्टीभित्र निर्णायक शक्तिमा रुपमा उभ्याउन लागि परेका डाँगीकाे अभ्यासले जिल्ला तहका अग्रज नेताहरुको ढुकढुकी बढाएको घाम जतिकै छर्लङ्ग छ । साविक त्रिपुरलाई नेतृत्वले आफ्नो पक्षमा साक्षी किनारामा बसाल्दै आउँदा त्यस क्षेत्रका सम्भावना बोकेका नेता सदैव ओझेलमा परेको सबैलाई महसुस भएपछि डाँगीले निर्णायक शक्तिका रुपमा त्यस क्षेत्रलाई उभ्याउन लागिपर्दा झस्किएका जिल्ला तहका नेताहरुको घेराबन्दीमा अहिले डाँगी परेका छन् । तैपनि घेराबन्दी भत्काएर आफ्नो जीतलाई सुनिश्चित राख्न लागि परेका डाँगी विजयमा विश्वस्त छन् । ‘ म मेरा लागि राजनीतिमा खटेको छैन, अब आउने भावी पुस्ताका लागि राजनीतिक मार्ग प्रशस्त गर्न उम्मेदवारको रुपमा होमिएको हुँ । हामीले भोक्दै आएको राजनीतिक पीडा अबको आउने पिढीले भोग्न नपरोस् यो मेरो चाहना हो । ’ उनले थपे ‘स्थानीय निर्वाचनमा वडा अध्यक्षको टिकट प्राप्त गर्न मैले कति पापड पेल्नु परेको थियो, त्यो मलाई मात्र थाह छ , पार्टीमा बढ्दै गएको गुट उपगुटका कारण हामी निर्दोष कार्यकर्ता तथा उम्मेदवारहरुले पीडा भोग्नु परेको छ । अबको नेतृत्व यही प्रवृतिबाट अछुतो रहन र यस्तो गलत संस्कारको अन्त्य गर्ने हिम्मतको हुनुपर्छ ।’

 

साविक नारायणपुर, ढिकपुर र हापुर गाविसलाई जोडेर त्रिपुर नगरपालिका बनाउन तथा नगर विकासका रुपमा स्थापना गर्न डाँगीले  निर्णायक भूमिका खेलेका हुन् ।

 

May be an image of 12 people, people standing and outdoors

 

जिल्ला तहका नेताको महत्वकांक्षा र अस्तित्वको लडाईं शीत युद्धका रुपमा बाक्लिदै जान थालेपछि अधिबेशनमा सहमतिको सम्भावना शून्य हुन गएको हो । जिल्ला नेतृत्व तहका नेता तथा पुराना नेताहरु मेरो गोरुको बाह्रै टक्का गर्न थालेपछि उम्मेदवारहरुमा पनि महत्वकांक्षा बढाइन थाल्यो । परिणामत: समहतिका बिच पार्टी सुदृढीकरण गर्नमा लाग्नुभन्दा मनमुटावका अवस्था सिर्जना हुन थालेको छ । यसप्रति नेताहरुमा चेत आउन जरुरी छ । अन्यथा यसको दूरगामी असर आगामी निर्वाचनमा पार्टीले भोग्न नपर्ला भन्न सकिदैन । यही खतराबाट पार्टीलाई सुरक्षित राख्न क्षेत्रीय सभापतिका रुपमा आफूलाई अगाडि बढाएको डाँगीले बताए । उनले भने, ‘ पार्टीभित्र देखिएको यस्तो प्रवृत्तिको विरुद्धमा म सधैं उभिरहनेछु, म नेतृत्वमा आउँदा या नआउँदा पनि पार्टीलाई सही गन्तव्यमा हिँडाउन खबरदारी गर्ने मात्र होइन आवश्यक पर्दा सारथिको भूमिका निभाउन पनि पछि हट्ने छैन । यो पार्टीभित्रको आन्तरिक निर्वाचन हो, सबै क्षेत्रीय प्रतिनिधि तथा नगर सभापतिहरु तथा नेतागणहरुले आफ्नो अमूल्य मत दिई विजयी बनाउन निवेदन गर्दछु ।’

२०४३ सालमा बनारसमा अध्ययन गर्ने सिलसिलामा नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका डाँगी  २०५४ सालको निर्वाचनमा तत्कालीन दाङ जिल्ला नारायणपुर गाविस वडा नं. १ को वडा अध्यक्षमा लोकप्रिय मतका साथ निर्वाचित भएका थिए ।

May be an image of 2 people, people sitting and people standing

२०६७ सालदेखि २०७१ सालसम्म दुई कार्यकाल नारायणपुर उद्योग वाणिज्य संघको अध्यक्ष बन्दै नेपाल भारत मैत्री संघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनी पुनः २०७४ सालको स्थानीय निर्वाचनबाट दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा १० को वडा अध्यक्षमा लोकप्रिय मतका साथ निर्वाचित भएका हुन् ।

डाँगी  सामाजिक, राजनैतिक , समाजसेवी, भद्र एवम् कुसल राजनितीज्ञ हुनुका साथै सम्पुर्ण क्षेत्रवासी कार्यकर्ता जनता तथा युवाहरू माझ लोकप्रिय मानिन्छन । डाँगीसँगै चुनावी मैदानमा भीमप्रकाश खड्का उत्रिएका छन् । खड्का पनि संगठन विस्तार तथा नेतृत्वमा अब्बल मानिन्छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्