सैनिक अस्पताल छाउनीमा कार्यरत एक जना सुरक्षाकर्मी मृत भेटिए – Kanika Khabar
Sunday, March 16Nepali News Portal

सैनिक अस्पताल छाउनीमा कार्यरत एक जना सुरक्षाकर्मी मृत भेटिए

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३०, काठमाडौं ।

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत एक जना सुरक्षाकर्मी मृत भेटिएका छन् ।

नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट अस्पतालमा ड्युटीमा रहेका अवस्थामा मृत फेला परेका हुन् ।

उनको छातीमा गोली लागेको प्रहरी स्रोतले बताएको छ ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी निरञ्जन भट्टले कनिकाखबरसँग भने, ‘मध्यरातिको घटना हो, एसएलआरबाट आफैंले गोली चलाए जस्तो देखिएको छ ।’

उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि विस्तृत अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले बताएको छ । हाल उनको शवलाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको भट्टले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्