निजी सवारीसाधनमा आजदेखि जोरबिजोर प्रणाली लागु – Kanika Khabar
Friday, April 26Nepali News Portal

निजी सवारीसाधनमा आजदेखि जोरबिजोर प्रणाली लागु

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३०, दाङ
आजदेखि मुलुकभर निजी सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागु भएको छ । नोबेल कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीको आदेशका कारण प्रभावित भएको जनजीवन सामान्य बनाउन जोरबिजोर प्रणाली लागु गर्ने निर्णय भएको हो ।

जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र बिजोर गतेका दिन बिजोर नम्बर प्लेटका सवारीसाधन सञ्चालन हुनेछन् । सार्वजनिक सवारीसाधन भने तत्कालका लागि सञ्चालनमा नआउने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले सीआईएनसँग बताउनुयभो । जोरबिजोर प्रणालीमा चलेका सवारीसाधन एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाउने छैनन् ।

उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु भएको छ भने उपत्यका बाहिर पनि जिल्ला प्रशासन कार्यालयको समन्वयमा यो प्रणाली लागु हुनेछ ।

यसअघि पास लिएर सञ्चालन भएका निजी सवारीसाधनहरू पनि जोरबिजोर प्रणाली अनुसार चल्नु पर्नेछ ।

४ पाङ्ग्रे सवारीसाधनमा चालकसहित ३ जनासम्म हिँड्न पाउने छन् भने मोटरसाइकल, स्कुटरमा भने चालक मात्र हिँड्न पाउने प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्