एक साताभित्र थप तीन वटा पीसीआर मेशिन सदूरपश्चिममा आउने – Kanika Khabar
Friday, May 15Nepali News Portal

एक साताभित्र थप तीन वटा पीसीआर मेशिन सदूरपश्चिममा आउने

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३०, दाङ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एक साताभित्र थप तीन वटा पीसीआर परीक्षण गर्ने मेशिन सदूरपश्चिममा आउने बताउनुभएको छ ।

२ वटा पहाडी जिल्ला र एउटा कञ्चनपुरका लागि पीसीआर मेशिन ल्याउन लागेको उहाँको भनाइ छ । सुदूरपश्चिम पुग्नुभएका मन्त्री भट्टले भारतलगायत तेस्रो मुलुकबाट फर्किएकाहरूलाई नेपालमै श्रम गर्ने सम्भावनाबारे पनि छलफल भइरहेको जानकारी दिनुभयो ।

मन्त्री भट्टको नेतृत्वमा उद्योग सचिव चन्द्र कुमार घिमिरे, राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, लघु, घरेलु तथा साना उद्यमीहरूको प्रवर्द्धनमा सहकार्य गर्दै आएको युएनडीपीका प्रतिनिधिहरू सहितको एक उच्चस्तरीय टोली कैलालीको धनगढी आइपुगेको छ ।

कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढिरहे पनि परीक्षणको दायरा बढ्न नसकेको गुनासोपछि यस विषयमा बुझ्न र सहज बनाउन उच्चस्तरीय टोलीसहित सुदूरपश्चिम प्रदेशमा आएको मन्त्री भट्टले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्