३४ औं विश्व एड्स दिवस : दाङमा ३ सय ६१ संक्रमित – Kanika Khabar
Thursday, May 2Nepali News Portal

३४ औं विश्व एड्स दिवस : दाङमा ३ सय ६१ संक्रमित

    मा प्रकाशित

१५ मंसिर,दाङ । आज ३४ औं विश्व एड्स दिवस मनाइँदै गर्दा राज्यकै निकायबाट हुने एचआईभी संक्रमितहरुमाथि अहिले पनि थुप्रै विभेद र दुर्व्यवहार हुने गरेका छन् । तर, उनीहरु त्यस खालका विभेदलाई पचाउँदै सामान्य अवस्था सरह जीवन बाँचिरहेका छन् । खुल्दा विभिन्न खालका विभेद र दुर्व्यवहार पाईने अवस्था छ भने नखुल्दा रोगले घरभित्रै मार्ने अवस्था रहेको दाङका एचआईभी संक्रमितहरुको साझा समस्या रहेको छ ।

दाङको तथ्यांक हेर्ने हो भने अहिले तीन सय ६१ संक्रमितहरु रहेको देखिन्छ । सरकारी तथ्यांकले दाङमा तीन सय ३३ जनाले अहिले एआरभी लिइरहेको देखाएको छ । जसमा एआरटी सेन्टर तुलसीपुरमा ५६ महिला, ५७ पुरुष र चार बालिका तथा एक बालकले एआरभी लिइरहेको तथ्यांक छ । त्यस्तै एआरटी सेन्टर घोराहीको सम्पर्कमा दुई सय १५ जना छन् । एक सय ११ पुरुष र एक सय । चार महिलाले एआरभी लिइरहेको एआरटी काउन्सिलर तारा बिसीले जानकारी दिनुुभयो ।

समाजमै खुल्न नसके पनि यो संख्या स्वास्थ्य संस्थासम्म पुग्नेहरुको भएको उहाँको भनाई छ । अधिकांश एचआईभी संक्रमितहरु अहिले घर परिवारमै बस्दै आएका छन् । गोप्यरुपमा नियमित औषधि लिएर दैनिक जीवन चलाइरहेका उनीहरुमध्ये धेरैलाई केही उद्यम वा आयआर्जनका काम गर्न मन भएपनि अवसर पाउनबाट वञ्चित हुनुपरेको छ ।                                                        संक्रमितलाई उत्साहित गर्ने, सीप रोजगार दिने हो भने आत्मसम्मानको महसुस हुने र बाहिर खुल्ने अवस्था आउने उनको धारणा छ । दाङमा अहिलेसम्म २० महिला, ३८ पुरुष र एक तेस्रोलिंगीसहित कम्तिमा ५९ जनाको एड्सकै कारण मृत्यु भइसकेको तथ्यांकमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्