एमाले अध्यक्ष ओली दाङ आउँदै – Kanika Khabar
Sunday, April 27Nepali News Portal

एमाले अध्यक्ष ओली दाङ आउँदै

    मा प्रकाशित

घोराही, १९ वैशाख ।
नेकपा एमाले दाङको १४ औ जिल्ला अधिवशन उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली दाङ आउन थालेका हुन् ।
एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता तथा एमाले पोलिट्व्यूरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवम् केन्द्रीय सदस्य तथा दाङ इञ्चार्ज चेतनारायण आचार्यको आतिथ्यमा बुधवार घोराहीमा बसेको जिल्ला कमिटी बैठकले दङाली कम्युनिस्ट आन्दोलनका योद्धा सहिद नेत्रलाल अभागीको स्मृति दिवस पारेर आगामी जेठ ६ गते जिल्ला अधिवेशन गर्ने निर्णय भएको र अधिवेशन उद्घाटन गर्न पार्टी अध्यक्ष ओली दाङ आउन थालेका हुन् ।

कार्यक्रममा एमाले महासचिव शंकर पोख्रेललगायतका शिर्ष नेता दाङ आउने भएका छन् । बैठकले दाङका सयवटै वडाहरुमा वैशाख २८ गते प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । प्रतिनिधि छनोट गर्दा २० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छानिने र यसरी छानिएका प्रतिनिधि मध्ये ३ जनामा १ जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था रहेको प्रचार विभाग उपप्रमुख संगीत बस्यालले जानकारी दिए ।

बैठकले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु समेत वडाबाटै चुनियर आउनुपर्ने, जनवर्गीय संगठनबाट आउने प्रतिनिधिहरु सम्बन्धित संगठनको जिल्ला कमिटीको बैठकबाट छनोट भएर आउनुपर्ने निर्णय बैठकले गरेको छ । सो अबसरमा नेकपा एमाले घोराही कमिटीले प्रकाशन गरेको भित्ते पात्रो विमोचन समेत गरिएको छ । जिल्ला उपाध्यक्ष राममणी पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको वैठकको सहजीकरण सचिव मनोहर बुढाथोकीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्