भक्तपुर अस्पतालका रोकिएका सबै सेवाहरु सञ्चालनमा – Kanika Khabar
Thursday, March 28Nepali News Portal

भक्तपुर अस्पतालका रोकिएका सबै सेवाहरु सञ्चालनमा

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३०, काठमाडौं
भक्तपुर अस्पतालमा सबै सेवा पुनः सञ्चालनमा आएको छ । अस्पतालमा जेठ २५ गते सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घरभई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको मृत्यु भएपछि रोकिएको सेवा हिजोबाट सञ्चालन गरिएको हो ।

सुत्केरी भएको आधा घण्टापछि श्वासप्रश्वासमा समस्या आएका कारण मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्कामा सेवा बन्द गरिएको थियो । जेठ २७ गते कोरोना नेगेटिभ नतिजा आएपछि सोही दिन जिल्ला प्रशासनले शव व्यवस्थापन गरेको थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुमित्रा गौतमले बुधबारवाट आकस्मिक कक्ष सञ्चालन गरे पनि अस्पतालका सबै कक्षमा भाइरस निर्मलीकरण र अस्पताल सरसफाइ गरेपछि हिजो साँझदेखि अस्पतालले सबै सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्