तालिबान र अफगान सरकारबीच दोहामा वार्ता हुने निश्चित, राष्ट्रपति घानी सहभागी हुने – Kanika Khabar
Friday, March 29Nepali News Portal

तालिबान र अफगान सरकारबीच दोहामा वार्ता हुने निश्चित, राष्ट्रपति घानी सहभागी हुने

    मा प्रकाशित

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानी कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार हुनुभएको बताइएको छ । उनी दोहा वार्ताका लागि तयार हुनुभएको अफगानिस्तानका लागि कतारको विदेश मन्त्रालयका विशेषदूतले जानकारी दिएका हुन् ।

अफगानिस्तानका राष्ट्रपति घानी सो वार्ताका लागि तयार रहेको जानकारी विशेषदूत मतलक अल क्वातानीले शुक्रबार जानकारी दिनुभएको समाचारमा जनाइएको छ । अफगानिस्तानको राष्ट्रिय मेलमिलापसम्बन्धी उच्चस्तरीय समितिका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहसँगको वार्तापछि उनले उक्त वार्तामा जानका लागि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सहमति जनाएको जानाकरी दिनुभएको विशेषदूत क्वातानीले जानकारी र्दिएका हुन् ।
अमेरिकाले अफगानिस्तानबाट हजारौँ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति वार्ताका लागि सम्झौता गरेको थियो । गत फेब्रुअरी महिनामा दोहामा भएको सो शान्ति वार्तासम्बन्धी सम्झौतामा अमेरिका, अफगानिस्तान र तालिबानका तर्फबाट हस्ताक्षर भएको थियो ।
त्यस सम्झौतामा यदि तालिबानले आफ्ना प्रतिबद्धताहरू कायम राखे अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र आफ्ना सबै फौज अफगानिस्तानबाट फिर्ता गर्ने बताइएको छ । त्यसबमोजिम अमेरिकाले सैनिक फिर्ता गर्ने प्रक्रिया पनि थालिसकेको छ ।

चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी रहेको द्वन्द्वको अन्त्य हुने अपेक्षा गरिएको छ । उक्त युद्धको अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा गरिएका समाचारहरु आइरहेका छन् ।

यसअघि अमेरिकाको व्यापक विरोध गर्दै आएको तालिवान संगठनले पनि दोहा सम्झौताबमोजिम वार्ता गर्न स्वीकार गरेको छ । अब तालिबानहरुले अफगान सरकार र अमेरिकासँग पनि संयुक्त रुपमा वार्ता गर्ने उल्लेख छ । सम्झौतामा हस्ताक्षर हुनुअघि अफगानिस्तानमा करिब एक हप्ता लामो युद्धविराम भएको थियो । उक्त सम्झौताले अफगानिस्तानमा युद्ध अन्त्यका लागि एउटा शक्तिशाली मार्ग प्रशस्त गर्ने सम्भावना रहेको अनुमान गरिएको छ । –एएनआई

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्