५००० वर्ष पुरानो तालले गर्‍यो रंग परिवर्तन – Kanika Khabar
Monday, November 17Nepali News Portal

५००० वर्ष पुरानो तालले गर्‍यो रंग परिवर्तन

    मा प्रकाशित

खगेश्वर पौडेल
जेठ ३०, दाङ
भारतको महाराष्ट्र राज्यमा रहेको लोनार तालले अचानक रंग परिवर्तन गरे पछि त्यस क्षेत्र लागायत पुरै भारत भरका मानिसहरु अचम्मित भएका छन् ।
तलको रंग किन परिवर्तन भयो भन्ने कुराको अध्ययन भइरहेको विज्ञहरुले जानकारी दिएका छन् । विज्ञहरुले, या त पानीमा नूनको मात्रा वढिभएर वा एल्गको कारण वा दुवै कारणले तलको रंग गुलावी रातो भएको हुनसक्ने अनुमान गरेका छन् ।
स्थानीय भूगर्भबिद गजानन खरातले महाराष्ट्र टुरिज्मको ट्वीटर फिडमा पोष्ट गरिएको भिडियोमा उल्लेख गरे अनुसार यस्तो पहिला पनि भएको थियो तर त्यो यति व्यापक थिएन ।
यो वर्ष विशेष गरी ताल रातो देखिएको छ । तालमा पनिको मात्रा घटेको कारणले पानीमा नूनको मात्रा बढेको छ जसले तालमा आन्तरिक परिवर्तनहरु गराएयो ।
अनुसन्धान कर्ताहरुले रातो रंगको एल्गीको उपस्थितिको कारणले गर्दा ताल रातो भएको हो कि भनेर अनुसन्धान गरिरहेको जानकारी खरातले गराएका छन् ।
मुम्बइ देखि करिव ५०० किलोमिटर पूर्वमा अवस्थित यो ताल करिव ५००० वर्ष पहिले उल्कापिण्ड पृथ्वीमा ठोकिएर बनेको हो । पर्यटकहरुको आकर्षणको केन्द्र रहेको यो तालको बारेमा विश्वभरका बैज्ञानिकहरुले अध्ययनको केन्द समेत रहेको छ ।

(एजेन्सीहरुबाट)

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्