लुजडाउन अवधिमा उद्योग, व्यवसाय सञ्चालन गर्न यस्तो छ मापदण्ड – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

लुजडाउन अवधिमा उद्योग, व्यवसाय सञ्चालन गर्न यस्तो छ मापदण्ड

    मा प्रकाशित

कानिका संवाददाता
जेठ ३०, काठमाडौं ।

७९ दिन लामो लकडाउन सरकारले बिहीबारदेखि केही खकुलो बनाएको छ । मानवीय गतिविधिसहित केही निश्चित आर्थिक क्रियाकलाप २१ दिनका लागि निश्चित शर्तहरू लागु हुनेगरी खुल्ला गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार जानकारी दिएका थिए ।
सरकारको निर्णयानुसार स्वास्थ्य मन्त्रालयले तोकेको कोभिड १९ सुरक्षा मापदण्ड पूरा गरेर उद्योग, व्यवसाय, डिमार्टमेन्टल स्टोर, मार्ट तथा अन्य पसलहरू, सरकारी तथा वित्तीय कार्यालय एवं रेस्टुरेन्टहरू सञ्चालन हुन पाउँछन् ।
सरकारको सोही निर्णयानुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रेस्टुरेन्ट, डिमार्टमेन्टल स्टोर, मार्ट तथा अन्य पसलहरू र उद्योगधन्दा सञ्चालन गर्न निश्चित मापदण्ड बनाएको छ । जो सेवा सुरुचारु गर्दा अनिवार्य गरिनु पर्छ ।

पसलमा के गर्ने :

स्थानीय सरकारको समन्वयमा डिमार्टमेन्टल स्टोर, मार्ट तथा पसलहरु निश्चित समय खुल्ने छ । खुल्ला भएका यस्ता सेवा दिने व्यवसायमा संलग्न श्रमिक तथा कर्मचारीहरुले अनिवार्य रुपमा पञ्जा र मास्कको प्रयोग गर्नु पर्नेछ । यस्तै कार्यस्थल प्रवेश गर्नु पूर्व सबै श्रमिक तथा कर्मचारीको तापक्रम जाँच्ने, साबुन पानीले हात धुन लगाउने गर्नुपर्छ ।

कर्मचारी तथा श्रमिकको लागि खाजाको व्यवस्था कार्यस्थलमै गरिनुपर्छ । ग्राहक आफैले छानीछानी सामान खरिद गर्ने भएमा अनिवार्य रुपमा स्यानिजटाइजर प्रयोग गर्न लगाउनुपर्छ ।

यस्तै ग्राहकहरुबीच भौतिक दूरी कायम गर्न कम्तीमा एक मिटरको दूरी कायम गराउने, यसका लागि संकेत वा आवश्यक गोलो घेरा लगाउने काम गर्नु पर्दछ । यस्तै ग्राहक र कर्मचारी तथा व्यववसाय सञ्चालकले विद्युतीय माध्यामबाट हुने भुक्तानीलाई प्रोत्साहन गर्नुपर्छ ।

उद्योगमा सतर्कता :

सञ्चालनमा आएका उद्योगहरुले श्रमिक तथा कर्मचारीलाई उनीहरुको बासस्थानदेखि उद्योग वा कार्यस्थलसम्म ल्याउने र लैजाने व्यवस्था गर्नुपर्छ । आवश्यक सवारी साधनको व्यवस्था उद्योगले नै गर्नु पर्नेछ भने सानधको क्षमताको आधा मात्रै यात्रु एकपटकमा बोक्नु पर्छ ।

आवश्यकताअनुसार उद्योग भित्र भौतिक दुरी कायम गर्ने गरी कर्मचारीलाई काममा लगाउने र आवश्यकताअनुसार सिफ्टमा उद्योगहरु सञ्चालन गर्नुपर्छ । यस्तै प्रत्येक सिफ्ट सुरुहुनु अघि कार्यस्थललाई अनिवार्य डिसइन्फेक्सन गर्नु पर्दछ ।

श्रमिक तथा कर्मचारीहरुले अनिवार्य रुपमा पञ्जा र मास्कको प्रयोग गर्ने, कार्यस्थल प्रवेश गर्नुपूर्व सबै श्रमिक तथा कर्मचारीको तापक्रम जाँच्ने, साबुन पानीले हात धुन लगाउने गर्नुपर्छ ।

रेष्टुरेन्टको मापदण्ड :

लुजडाउन अवधिमा सुरक्षाको उपय अपनाएर होम डेलिभरी सेवा दिनेगरी रेष्टुरेन्ट खोल्ने दिने निर्णय सरकारले गरेको छ । जसअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको प्रोटकलअनुसार यस्तो व्यवसाय निश्चित समय अवधिमा मात्रै खोल्न पाइने छ ।

रेष्टुरेन्टमा काम गर्ने कर्मचारी तथा श्रमिकलाई सरसफाईको प्रोटोकलको पालना अनिवार्य गरिएको छ ।

सबै कर्मचारीको कार्यालय आउने समयमा तापक्रम नाप्नेदेखि साबुन पानीले हात धुने तथा मास्क र स्यानिटाईजरको प्रयोग अनिवार्य गर्नुपर्छ ।

रेष्टुरेन्ट तथा खाजा घरको शौचालय नियमित सफाई गर्ने तथा अन्य टेबल कुसी पनि कम्तीमा दिनमा तीन पटक डिस इन्फेक्सन गर्नुपर्छ ।

सबै टेबलमा स्यानीटाइजरको व्यवस्था गर्नुपर्छ भने ग्राहकहरुको दूरी कम्तीमा एक मिटरको हुनुपर्दछ । कारोबारलाई बिद्युतीय भुक्तानी अनिवार्य गर्नु पर्ने प्रोटोकलमा भनिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्