दाङमा शान्तिपूर्ण विरोध – Kanika Khabar
Thursday, June 11Nepali News Portal

दाङमा शान्तिपूर्ण विरोध

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३०, दाङ ।
दाङका युवाहरुले शुक्रवार सरकारको शान्तिपूर्ण रुपमा विरोध गरेका छन् । स्वतस्फुर्त रुपमा सडकमा निस्किएका युवाहरुले घोराहीको तुलसीपुरचोकमा जम्मा भएर सरकारलाई कोरोना परीक्षणको दायरा बढाउनदेखि भष्ट्राचार नियन्त्रण गर्न आग्रह गरेका थिए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको समयमा सरकारले कोरोना परीक्षणलाई व्यापक बनाउन नसेको र लकडाउनका क्रममा कर उठाउन खोजेर व्यवसायीलाई दुःख दिने काम गरेको लगायतका लेखिएका प्लेकार्ड बोकेका थिए ।

त्यस अवसरमा ‘१०० प्रतिशत पिसिआर परीक्षण गराउनुपर्ने, क्वारेन्टाइनलाई सुरक्षित र त्यहाँ बसेकालाई पौष्टिक आहारको व्यवस्था गर्नुपर्ने, मजदुर तथा विपन्न वर्गकाहरुलाई राहत दिनुपर्ने, अव त अति भो, गरि खान दे सरकार,सरकारको सरोकार कार्पेट होइन पिसिआर, लकडाउन अवधिको तीन महिनाको घर भाडा निशुल्क गर्नुपर्ने, अस्पतालबाट बिरामीलाई डिस्चार्ज गर्नुअघि अनिवार्य रुपमा पिसिआर परीक्षण गर्नुपर्ने, देशको हित विपरित बोल्ने सांसद सरिता गिरीलाई कारवाही गरिनु पर्र्ने,नयाँ बजेटमा समावेश गरिएको एमसिसी शव्द हटाउनुपर्ने, भारतले मिचेको नालापानी, कालापानीलगायतको भुभाग फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्न लगायतका नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्