कोरोनामा राजनीति प्रवेश भयो : स्वास्थ्यमन्त्री – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोनामा राजनीति प्रवेश भयो : स्वास्थ्यमन्त्री

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३०, दाङ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश भएको टिप्पणी गरेका छन् । आज शुक्रबार मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतरा बढेको आरोप लगाए । मन्त्री ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचनाभन्दा पनि कोरोनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताए । पछिल्लो एक दुई दिनका घटना हेर्दा नेपालमा कोरोनामा राजनीति प्रवेश भएको देखिएको मन्त्री ढकालले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्