सुदूरपश्चिममा साढे २ लाख भन्दा बढी नेपाली ३ महिनाको अवधिमा स्वदेश फर्किए – Kanika Khabar
Saturday, April 27Nepali News Portal

सुदूरपश्चिममा साढे २ लाख भन्दा बढी नेपाली ३ महिनाको अवधिमा स्वदेश फर्किए

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३०, धनगढि

भारतबाट सुदूरपश्चिम प्रदेशको नाका हुँदै ३ महिनाको अवधिमा साढे २ लाख भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार गत फागुन २३ गते यता सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई लाख ६५ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाका हुँदै उनीहरु नेपाल भित्रिएका हुन् । जेठ २ गतेपछि नै १ लाख भन्दा बढी नागरिक स्वदेश फर्किएका छन् । मन्त्रालयका अनुसार फागुन २३ देखि चैत ९ गतेसम्म एक लाख ४३ हजार ३२५ नेपाली भित्रिएका छन् ।

त्यसैगरी, चैत १० र ११ गते १६ हजार भन्दा धेरै नेपाली स्वदेश फर्किएका छन् । यो अवधिमा सबै भन्दा धैरै कैलालीको गौरिफन्टा नाकाबाट नेपालीहरु स्वदेश फर्किएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्