दाङ उद्योग वाणिज्य संघद्वारा उजुरी दर्ता – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

दाङ उद्योग वाणिज्य संघद्वारा उजुरी दर्ता

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख ११,दाङ ।
सामाजिक सञ्जालमा दाङ जिल्ला उद्योग वाणिज्य संघ विरुद्ध लेख्ने घोराही १४ का एकजना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ । दाङ उद्योग वाणिज्य संघले आफू विरुद्ध सामाजिक सञ्जालमा तथानाम गालीगलौज गरेर लेख्ने घोराही १४ का कुतुव फारुकी विरुद्ध मुद्दा दर्ता गरेको हो । कोरोना संक्रमणको त्रासका कारण सरकारले लागू गरेको लकडाउनमा उद्योग वाणिज्य संघले कालोबजारी गरेको लगायतका गम्भीर आरोप लगाएका थिए । ‘सामाजिक सञ्जालमा उद्योग वाणिज्य संघ विरुद्ध आपत्तिजनक शब्द प्रयोग गरी गालीगलौज गरेपछि हामीहरुले ती व्यक्ति विरुद्ध उजुरी दर्ता गरेका हौँ,’ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले भने ‘उद्योग वाणिज्य संघले लकडाउनको मौका छोपेर कालोबजारी गरेको सम्मका आरोप उनले लगाएका थिए ।’

सामाजिक सञ्जालमा तथानाम लेख्न थालेपछि उद्योग वाणिज्य संघले उनलाई छलफलका लागि बोलाएको समेत थियो । तर छलफलमा आउन समेत अस्वीकार गरेका उनी झन पछि झन उद्योग वाणिज्य संघ विरुद्ध सामाजिक सञ्जालमा खनिएका थिए । ‘उद्योग वाणिज्य संघलाई उनले लगाएको आरोपका विषयमा छलफल गरौँ भनेर उनलाई बोलायौँ पनि,’अध्यक्ष भुषालले भने ‘तर झन पछि झन सामाजिक सञ्जालमा उग्र बनेर लेख्न थालेपछि हामीहरु कानुनी उपचारको बाटोमा लागेका हौँ ।’ साथै भुषालले लकडाउनको अवधिमा स्थानीयहरुलाई अति आवश्यक सामग्रीहरु उपलब्ध गराउन घरदैलो अभियान थालेको उद्योग वाणिज्य संघबाट कुनै कालोबजारी नभएको समेत बताए । उद्योग वाणिज्य संघप्रति व्यक्तिगत असन्तुष्टि राख्नेहरुले यसलाई कालोबजारी देखेको भए पनि आम सर्वसाधारणहरुलाई भने यसलाई उद्योग वाणिज्य संघको सेवा भनेर बुझ्न समेत अनुरोध गरे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्