मा प्रकाशित
कनिका संवाददाता
जेठ ३०, काठमाडौँ ।
युएईबाट नेपाल आएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
युएईमा समस्यामा परेकाहरु १ सय ५७ जना नेपाली गत शुक्रबार नेपाल ल्याइएको थियो । त्यही टोलीमा रहेकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए ।
उनलाई आज शुक्रबार नै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उनसँगै चार्टर फ्लाइटमा आएका अरु यात्रुको कन्ट्याक्ट टेसिङ गर्ने बताएको छ ।