उत्खनन मापदण्डविपरीत : जिसस – Kanika Khabar
Thursday, April 18Nepali News Portal

उत्खनन मापदण्डविपरीत : जिसस

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३०, दाङ ।
जिल्ला समन्वय समिति दाङले खोला तथा नदीहरुबाट मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन् भएको जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गरी यस्तो जनाएको हो ।
‘खोला तथा नदीहरुमा झण्डै २ दशमलव ५ मिटरसम्मका गहिरा खाडल बनाएर नदीजन्य पदार्थको उत्खनन् भएको छ’, चालु आव ०७६÷०७७ मा जिल्ला समन्यय समिति दाङ र जिल्ला अनुगमन तथा समन्वय समितिले गरेको अनुगमनको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने– ‘उत्खनन् क्षेत्रमा चार किल्ला समेत निर्धारण गरिएको छैन भने आईई नगरेको क्षेत्रमा समेत उत्खनन् भएको छ ।’

जिल्ला अनुगमन टोलीले तुलसीपुर उपमहागरपालिकाको पातुुखोलाको सुुकौराघाट, ग्वारखोलाका विभिन्न क्षेत्रहरु, लमही नगरपालिकाको भट्निया, बुुट्कवा, सिमरहवा, बलरामपुुर, बबई गाउँपालिकाको कालीतारा, दंगीशरणको बबईघाट, राप्ती र गढवा गाउँपालिकाले काम गरेको राप्ती नदीको घाटहरुको अनुुगमन गरेको थियो ।

चालु आवमा पालिकाहरुले ठेक्का, अमानतबाट नदीजन्य पदार्थको उत्खनन्को काम गरेका छन् । ‘अनुगमन समितिले नदीजन्य पदार्थ उत्खनन् अनुुमति तथा व्यवस्थापनको जिम्मेवारी पालिकाहरुलाई प्रदान गरेको थियो तर जिम्मा पाए पनि पालिकाहरुले प्रभावकारीरुपमा अनुगमन गर्न नसकेको पाइयो’, उनले भने ।

त्यसैगरेर विश्वव्यापी रुपमा देखापरेको कोभिड–१९ को असर विकास निर्माण प्रत्यक्ष परेकको कारण जिल्लामा विकास निर्माणको काम अपेक्षाअनुरुप हुन सकेको जिल्ला समन्वय समितिले जनाएको छ । ‘विकास निर्माण शुरु हुने समयमा देखा परेको कोरोनाको कारण यस वर्ष जिल्लाका पालिकाहरु र अन्य कार्यालयले विनियोजन गरेको पुँजीगत शीर्षकको रकम ५० देखि ६० प्रतिशतको हाराहारीमा खर्च हुने सम्भावना छ’, समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले बताएका छन् ।

त्यसैगरेर असार १ गतेबाट जिल्लामा नदीजन्य पदार्थ उत्खनन् कार्य बन्द गर्ने निर्णय भएको समेत पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । पत्रकार सम्मेलन जिल्ला समन्वय समितिका प्रमुख नेपालीको अध्यक्षतामा भएको थियो । पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ प्रमुख नेपालीसँगै उपप्रमुख पौडेलले दिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्